Aamsanchar

झापाली समाज अष्ट्रेलियाद्वारा दोस्रो एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकपलाई एक लाख सहयोग 

Author Image
मङ्गलवार, असोज ३०, २०८०

चारपाने । झापाको बिर्तामोड–२ वेलडाँगीमा जारी एक्सपर्ट एकता स्पोर्टिङ  गोल्डकपको झापाली समाज अष्ट्रेलिया सह प्रायोजक बनेको छ ।
जिल्ला स्तरीय फुटबल प्रतियोगिता सम्पन्न गर्न झापाली समाज अष्ट्रेलियाको तर्फबाट  नेपाली १ लाख रुपैयाँ सहयोग स्वरुप आयोजक क्लब एकता स्पोर्टिङ क्लबलाई उपलब्ध गराएर सहप्रायोजक बनेको हो । 

झापाली समाज अष्ट्रेलियाका अध्यक्ष निरञ्जन प्रसाईँ, उपाध्यक्ष निरज खतिवडा, पूर्व अध्यक्षहरू उमेश पोखरेल, दीपक चुडाल संस्थाका संरक्षक र सल्लाहकार दिनेश पोखरेललगायतको समन्वयमा उक्त रकम एकतालाई उपलब्ध गराइएको झापाली समाज अष्ट्रेलियाका कार्यसमिति सदस्य तथा एकता स्पोर्टिङ क्लबका वैदेशिक विभाग अष्ट्रेलिया संयोजक ज्योति सिटौलाले आमसंचारलाई बताए ।  

अष्ट्रेलियामा बस्तै आएका झापालीहरुको छाता संगठन झापाली समाज अष्ट्रेलियाले झापाका विभिन्न स्थानमा शिक्षा, स्वास्थ्य, खेलकुदलगायतका क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ । 

दोस्रो एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकपका लागि निरञ्जन प्रसाईँ, ज्योति सिटौला, उमेश पोखरेल, अशोक उप्रेती, महेन्द्र ओली, दीपक चुडाल, कृष्ण गिरी, निरज खतिवडा, दिनेश पोखरेल, सुवास प्रसाईँ, अशोक ओली, मात्रिका विमली, मदन क्षेत्री, प्रकाश सिटौला र समिर खतिवडाबाट संकलित रकम दोस्रो एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकपका लागि पठाइएको झापाली समाज अष्ट्रेलियाका अध्यक्ष निरञ्जन प्रसाईँले जानकारी दिए ।  

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 77

प्रतिक्रिया (०)

सम्बन्धित खबर