Aamsanchar

बालबालिकालाई कात्तिक १७ र १८ गते भिटामिन ´ए` र जुकाको औषधि खुवाइदै

Author Image
बुधवार, कार्तिक १, २०८०

काठमाडौं – सरकारले यसपटकको भिटामिन ‘ए’ कार्यक्रम आउँदो कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ  ।

नियमित तालिकाअनुसार कात्तिक २ र ३ गते भएपनि दसैँ परेका कारण १७ र १८ गते सञ्चालन गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर सञ्चालन हुने कार्यक्रममा ६ देखि ५९ महिनासम्मका बालबालिकालाई नछुटाइ भिटामिन ए खुवाउन सरकारको अनुरोध छ । सोही दिन एकदेखि पाँच वर्षमुनिका बालबालिकालाई जुकाको औषधि पनि खुवाइनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 109

प्रतिक्रिया (०)