Aamsanchar

कनकाईको ग्लोरी मन्टेश्वरीमा दशैँको रौनकता, विद्यार्थी भए दङदास

Author Image
बिहिवार, कार्तिक २, २०८०

कनकाई ।  झापाको कनकाई–१ मा रहेको ग्लोरी मन्टेश्वरीमा दशैँको रौनकता देखिएको छ ।  मन्टेश्वरीमा लिङ्गे पिङ, जमरा र टिकाटाला कार्यक्रमले  दशैँको महौल बनाएको हो ।

आज (विहिबार) नव पुस्तालाई मौलिक सांस्कृतिक चा8 दशैँको महत्व बारे प्रत्यक्ष रुपमा बुझाइने उद्देश्यले बालबालिकाहरूलाई टीकाजमरा लगाउनुका साथै  पिङ खेलाएर रमाइलो गराइएको मन्टेश्वरीकी प्रिन्सिपल शिरिसा गैह्रे (उप्रेती) ले जानकारी दिइन ।

बालबालिकाहरू लाई नियमित पठन पाठन सँगै अतिरिक्त क्रियाकलापमा अग्रसरता गराउँदै आएको ग्लोरीले विद्यालयमा मनाएको दशैँ कार्यक्रमले बालबालिकाहरूमा अभूतपूर्व खुशियाली छाएको अभिभावक कृतिका पाण्डेले बताइन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 22

प्रतिक्रिया (०)