Aamsanchar

 गाँजाको भारी बोकेर हिँडिरहेको अवस्थामा दुईजना पक्राउ

Author Image
शुक्रवार, कार्तिक ३, २०८०

उदयपुर । उदयपुर कटारी नगरपालिका ६ देउलीकुना स्थितबाट अबैध लागूऔषध ३८ किलोग्राम गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ घर भई हाल उदयपुर ताप्ली गाउँपालिका १ का ३२ बर्षीय गणेश बहादुर मगर र ३३ बर्षीय बिर बहादुर मगर रहेका छन् ।

गए राती साढे १ बजे इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई १९/१९ किलोग्राम गाँजा बोरामा बोकेर कटारी ल्याउदै गरेको अवस्थामा फेला पारेको थियो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
Views: 56

प्रतिक्रिया (०)

सम्बन्धित खबर