Aamsanchar

डेंगी संक्रमितको संख्या ४१ हजार नाघ्याे

Author Image
शुक्रवार, कार्तिक ३, २०८०

काठमाडौं – नेपालमा यो वर्ष डेंगी संक्रमितको संख्या ४१ हजार नाघेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी०को तथ्यांकअनुसार जनवरीयता १९ अक्टोबरसम्म ४१ हजार ५५३ जना संक्रमित भएका छन् । अक्टोबरका १९ दिनमा मात्र आठ हजार २८४ जना संक्रमित थपिएका छन् । डेंगीका कारण जुलाईयता २० जनाको मृत्यु पुष्टि भएको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा हालसम्म एक हजार ५२८ जना संक्रमित भएको ईडीसीडीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 98

प्रतिक्रिया (०)