Aamsanchar

नेपालद्वारा हङकङ ७९ रनले पराजित

Author Image
शनिवार, कार्तिक ४, २०८०

काठमाडौं – त्रिकोणात्मक श्रृंखला अन्तर्गत नेपालले हङकङलाई ७९ पराजित गरेको छ।

२ सय १४ रनको लक्ष्य पछ्याएको हङकङले सबै ८ विकेट गुमाएर जम्मा १३४ रनमा बनायो।

दिपेन्द्रसिंह ऐरी र कुशल मल्लले विष्फोटक ब्याटिङ गरेपछि नेपालले विशाल लक्ष्य दिन सफल भएको थियो।

नेपालका लागि मल्लले ४१ बलमा ९२ रन, ऐरीले ३४ बलमा ५७ रनको योगदान दिए। कुशल भुर्तेल २ रनमा आउट हुँदा आशिफ सेख २०, सोमपाल ८, कप्तान रोहित पौडेलले ११ रन बनाए। यस्तै सन्दीप जोरा र गुलशन झाले एक एक रन बनाए।

नेपालले यसअघि पहिलो खेलमा यूएईलाई ७ विकेट र दोस्रो खेलमा हङकङविरुद्ध ६ विकेटको जित दर्ता गरेको थियो।

आजको खेलमा विजयी भएसँगै नेपाल एक खेल अगावै फाइनलमा स्थान बनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 99

प्रतिक्रिया (०)

सम्बन्धित खबर