Aamsanchar

दशैंकाे मुखैमा झापामा सवारी दुर्घटना, दुई युवाकाे ज्यान गयाे

Author Image
शनिवार, कार्तिक ४, २०८०

झापा-अर्जुनधारा नगरपालिका–३ स्थित खुदुनाबारी बजारनजिकै झेलेनीमा आज दिउँसो सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

दिउँसो २ बजेतिर भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको लु १ च ६८६३ नम्बरको मिनी ट्रक ९ छोटा हात्ती० संग विपरित दिशाबाट जाँदै गरेको मे ५ प ४४८५ नम्बरको स्कुटर एकापसमा ठक्कर खाँदा स्कुटरमा सवार दुवै जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख नवराज न्यौपानेले जानकारी दिए ।

दुर्घटनामा परी स्कुटर चालक अर्जुनधारा–२ गाजाबारीका अन्दाजी ३५ बर्षका याम भट्टराईको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका स्कुटरको पछाडी सवार गाजाबारीकै अन्दाजी ३६ बर्षका रोशन लुङ्गेली मगरलाई उपचारका लागि बिर्तामोडको बीएण्डसी अस्पताल पुर्याएकोमा उपचारका क्रममा दिउँसो २.४० बजे मृत्यु भएको प्रहरी निरीक्षक न्यौपानेले जानकारी दिए ।

छोटा हात्ती गाडीका चालक अर्जुनधारा २ कै २५ वर्षिय हेमबहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनापछि चालक र दुवै सवारी साधनलाई प्रहरी चौकी शनिश्चरेले नियन्त्रणमा लिएको हो । मृत्यु हुने दुवैजना र छोटा हात्ती गाडी चालक पनि एउटै गाउँका बासिन्दा भएको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 111

प्रतिक्रिया (०)

सम्बन्धित खबर