Aamsanchar

फ्याटी लिभर भएको व्यक्तिको अनुहारमा देखिने समस्या

Author Image
बिहिवार, कार्तिक ९, २०८०

खराब जीवनशैली तथा खानपानमा गरिने लापरवाहीले गर्दा शरीरमा कैयौं गम्भीर समस्याहरु आउन थाल्छन् । गलत खानाले अहिले फ्याटी लिभरको समस्या पनि आम हुन थालेको छ । यस्तोमा फ्याटी लिभर छ भने यसको असर अनुहारबाट पनि थाहा पाउन सकिन्छ । किनकी फ्याटी लिभर भएको अवस्थामा अनुहारमा विभिन्न खाले समस्याहरु देखिन सक्छन् ।

चिलाउने समस्या

फ्याटी लिभरको विमारी हुँदा शरीरमा पित्तको मात्रा बढ्छ जसले गर्दा अनुहार चिलाउने समस्या हुन थाल्छ । यदी तपाईंलाई पनि पटक पटक चिलाउने समस्या भइरहेको छ भने यसलाई बेवास्ता नगर्नुहोस् । तुरुन्त डाक्टरसँग सल्लाह लिनुहोस् ।

छाला पहेंलो हुनु
जन्डीस बाहेक लिभरमा खराबी हुँदा पनि अनुहार पहेंलो देखिन थाल्छ । त्यसैले समयमै चेकजाँच गराउनु पर्दछ । जसले गर्दा उपचार पनि समयमै होस् ।

आँखाको तल्लो भाग सुन्निने

पर्याप्त निद्रा नलिँदा वा तनावको कारणले पनि आँखाको तल्लो भाग सुन्निने गर्छ । तर यदी लामो समय यस्तो समस्या भइरहेको छ भने यो लिभरमा भएको समस्याले गर्दा पनि हुन सक्छ । लिभरमा फ्याट जम्मा हुँदा पफी आइजको समस्या हुन थाल्छ ।

डन्डीफोर
चिल्लो छालाको कारणले छालामा डन्डीफोर हुन थाल्छ । छालामा जमेको फोहोरलाई सफा नगर्दा पनि अनुहारमा डन्डीफोर हुने गर्छ । यसबाहेक फ्याटी लिभरको समस्या हुँदा पनि अनुहारमा डन्डीफोर तथा घाउहरु आउने गर्छ ।

छाला रातो हुने
फ्याटी लिवरको समस्या भएको बेला अनुहारको छालामा रातो रातो धर्साजस्तो देखिने गर्छ । लिभरले राम्रोसँग काम गर्न नपाउँदा छालामा एलर्जी आदि समस्याहरु देखिन्छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर
हात्तीको परिचय 
बुधवार, वैशाख १२, २०८१
दैनिक आलस खाँदाका फाइदा
सोमवार, वैशाख १०, २०८१