Aamsanchar

भद्रपुर नाकामा पनि कुकुरसहितको चेकिङ सुरु

Author Image
शनिवार, कार्तिक ११, २०८०

झापा-सुरक्षा सुनिश्चितता अभियान २०८० अन्तर्गत भद्रपुर नाकामा पनि कुकुरसहितको चेकिङ (डग स्निफिङ )शुरु भएको छ ।

आज बिहान ८:१० बजेबाट भद्रपुर– ५ मेची पुलस्थित भद्रपुर–गलगलिया नाकामा डग स्निफिङ शुरु गरिएको हो । वडा प्रहरी कार्यालय भद्रपुरका प्रमुख, प्रहरी निरीक्षक संजीव बोगटीको कमाण्डमा कोशी प्रदेश प्रहरी कार्यालय धरान केनाईन शाखाबाट आएका दुईवटा कुकुरसहित ६ जनाको टोलीद्वारा चेकिङ सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

यसअघि गत असोज २४ गतेदेखि पूर्वी नाका काँकडभिट्टामा डग स्निफिङ थालिएको  थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 88

प्रतिक्रिया (०)

सम्बन्धित खबर