




जनकपुरधाम – महोत्तरीको सदरमुकाम जलेश्वरबाट स्रोत नखुलेको १३ लाख २० हजार रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत विहारको सितामढी बेला पंचायत बस्ने ४० वर्षीय अरुण पंजियार छन् ।

उनलाई आइतबार दिउँसो जलेश्वर नगरपालिका वडा नं। ७ वखरी चोक स्थित सम्सीबाट जलेश्वर तर्फ आउँदै गरेको ना३ख २८७८ नम्बरको बसबाट नियन्त्रणमा लिएको हो ।
बसलाई रोकेर चेकजाँच गर्दा पजियारको साथबाट स्रोत नखुलेको १३ लाख २० हजार नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 19