Aamsanchar

१६ बर्षे किशोरको साथबाट प्रहरीद्वारा श्रोत नखुलेको २१ लाख रुपैया बरामत 

Author Image
बुधवार, कार्तिक १५, २०८०

विराटनगर । मोरङको विराटनगर-६ स्थितबाट स्रोत नखुलेको रकम सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडपर्व विशेष सुरक्षा योजना अनुसार प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुहबाट परिचालन भएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा आज बिहान ११ बजे विराटनगर-६ शनि मन्दिर स्थितबाट १६ वर्षीय नाबालकले पछाडि भिर्ने कालो झोलामा अवैधरुपमा बोकी ल्याउँदै गरेको अवस्थामा स्रोत नखुलेको नेपाली रुपैयाँ नगद २१ लाख ८७ हजार सहित पक्राउ गरेको हो ।

स्रोत नखुलेको रकम नेपाली रुपैयाँ १००० दरको १६८७ थान र ५०० दरको १००० थान सहित पक्राउ परेका उनको साथबाट प्रहरीले बलराम केसरीको नाममा रहेको कुमारी बैंक लिमिटेडको चेकबुक थान १, रञ्जित कुमार साहको नाममा रहेको एनआईसी एसिया बैंकको चेकमा उमेश कुमार भगतको नाममा ८६ हजार ८ काटिएको चेक थान १, ग्लोबल आईएमई बैक लिमिटेडमा विभिन्न मितिमा १६ लाख ६९ हजार ५ सय रुपैयाँ जम्मा गरेको रसिद ४ थान र उनले प्रयोग गरेको प्रदेश १-०२-०४३ प ६२४१ नम्बरको पल्सर मोटरसाइकल समेत बरामद गरेको हो । स्रोत नखुलेको रकम सहित पक्राउ परेका किशोर उपर  जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको जनाइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 97

प्रतिक्रिया (०)

सम्बन्धित खबर