Aamsanchar

सुरक्षा सुनिश्चितता अभियान अन्तरगत धनकुटामा २० हजार बडी गाँजाका बोट फडानी 

Author Image
बुधवार, कार्तिक १५, २०८०

धनकुटा । धनकुटा जिल्लाको बिभिन्न स्थानमा अवैध रुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाको बोटहरू प्रहरीले फडानी गरी नष्ट गर्दै आइरहेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८० अन्तरगत अवैध रुपमा लगाएका गाँजाका बोटहरू नष्ट गर्ने अभियान अनुसार कार्तिक १४ गते धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङ, प्रहरी चौकी आँखीसल्ला र त्रिवेणीबाट परिचालन भएको प्रहरी टोलीले शहिदभुमी गाउँपालिका र साँघुरीगढी गाउँपालिकाका बिभिन्न स्थानहरूबाट करिव २० हजार ६ सय वटा गाँजाका बोटहरू फडानी गरी नष्ट गरेको हो ।

अवैध रुपमा लगाइएका गाँजाका बोटहरू नष्ट गर्ने कार्य निरन्तररूपमा सञ्चालन भइरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 104

प्रतिक्रिया (०)

सम्बन्धित खबर