Aamsanchar

सुरुंगाको हरिकुल नमूना माविले देउसी भैलो प्रतियोगिता आयोजना गर्ने 

Author Image
बुधवार, कार्तिक १५, २०८०

कनकाई । तिहारलाई लक्षित गरेर झापाको कनकाई ३ सुरुङ्गामा रहेको हरिकुल नमूना माध्यमिक विद्यालयले दोश्रो खुला सामूहिक देउसी भैलो प्रतियोगिता २०८० आयोजना गर्ने भएको छ । नेपालीहरूको महान पर्व बडादशै , शुभ – दिपावली , छट तथा नेपाल सम्वत् अवसर पारी आगामी कात्तिक २८ गते मंगलबार विद्यालयको परिसरमा कार्यक्रमको आयोजना गर्ने निश्चित भएको विद्यालयकी प्रबन्ध निर्देशक ग्रीशा रावल थापाले जानकारी दिनुभयो ।

बालबालिकालाई नेपालीहरूको महान पर्वहरू बडा दशैँ , शुभ – दिपावली , छट तथा नेपाल सम्वत् लगायत थुप्रै चाडपर्वहरूको संरक्षण तथा संस्कृति बचाइराख्ने उद्देश्यका साथ गत वर्ष देखि कार्यक्रमको आयोजना गर्न सुरु गरिएको प्रबन्ध निर्देशक थापाले बताउनुभयो ।

कार्यक्रममा कला संस्कृति संरक्षका बारेमा विभिन्न सचेतना मूलक पुराना तथा सचेतना मूलक देउसी भैलोका भाकाहरु प्रस्तुत हुने विद्यालयका प्रिन्सिपल रोशन खत्रीले जानकारी दिनुभयो ।
खुलादेउसी भैलो प्रतियोगितात्मक कार्यक्रममा प्रथम हुनेलाई नगद २० हजार रुपैयाँका साथमा प्रमाणपत्र त्यस्तै द्वितीय हुनेलाई नगद १५ हजार रुपैयाँका साथमा प्रमाणपत्र त्यस्तै तृतीय हुनेलाई नगद १० हजार रुपैयाँका साथमा प्रमाणपत्र र सान्त्वना हुनेलाई पनि पुरस्कारको व्यवस्था रहेको विद्यालयका सञ्चालक साजन थापाले बताउनुभएको छ।

अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न समयमा विद्यालय स्तरीय भएका प्रतियोगिताहरूमा दर्जनभन्दा धेरै प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएको विद्यालयका प्रिन्सिपल खत्रीको भनाई छ।

विद्यालयले पढाईका साथसाथै हरेक शुक्रबार ईसिए । अन्तर्गत विद्यार्थीको रोजाइ अनुसारको सिकाइ सिकाउने गरेको सञ्चालक साजन थापाले बताउनुभएको छ। विशेष गरेर विध्यालयले पढाई सँगसँगै बाहिरी ज्ञानलाई पनि उतिकै प्राथमिकतामा राखेको र हरेक चाडपर्व मनाउने परम्परालाई पनि विद्यालयबाट नै सिकाउने गरेको शिक्षक सन्दीप मरासिनीले जानकारी दिनुभयो ।

लामो समय विदेशको शिक्षण सिकाइ अब आफ्नै ठाउँमा लागू गर्न लागिपरेको भन्दै व्यवस्थापक राजु थापाले बालबालिकाहरू भविष्यका कर्णधार हुन भन्दै बाहिरी ज्ञानलाई पनि उतिकै प्राथमिकता राखिएको र त्यही अनुसार विद्यालयले शिक्षण सिकाइ गरिरहेको बताउनुभयो ।

विद्यार्थीहरूले यश अघिपछि विभिन्न समयमा वृक्ष रोपन , विज्ञान प्रर्दशनी , विभिन्न स्थानको सरसफाइ , डस्टबिन वितरण ,विभिन्न कार्यक्रममा विद्यार्थीको सहभागिता विभिन्न दिवस र सन्दर्भमा विद्यार्थीहरूलाई भूगोल, समाज, कला र संस्कृति लगायत कार्यक्रममा विद्यार्थीलाई सहभागी गराउने गरेको प्रबन्ध निर्देशक थापाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
4
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 309

प्रतिक्रिया (०)

सम्बन्धित खबर