Aamsanchar

प्रादेशिक अस्पताल भद्रपुरमा स्वास्थ्य विमाकाे सेवा लगातार दुई दिन अवरुद्ध

Author Image
बिहिवार, कार्तिक १६, २०८०

भद्रपुर – प्रादेशिक अस्पताल भद्रपुरमा स्वास्थ्य विमाकाे सेवा लगातार दुई दिन अवरुद्ध भएकाे छ ।विमाकाे सफ्टवेयरमा समस्या आएकाे भन्दै सेवा अवरुद्ध भएकाे हाे ।

बुधबार केही घण्टा चलेकाे  सेवा आज पनि साेही समस्या आए पछि विरामी तथा तिनका आफन्त आक्राेशित बनेका थिए । त्यस पश्चात् अस्पताल प्रसाशनले आजका लागि सेवा नै स्थगित गरेकाे जनाएकाे हाे । अन्य अस्पतालमा विमाकाे सफ्टवेयरमा कुनै समस्या नरहेकाे तर  प्रादेशिक अस्पताल भद्रपुरमा मात्रै सेवा अवरुद्ध भएकाे भन्दै सेवाग्राहीले अस्पताल प्रसाशनकाे कम्जाेरी भएकाे आराेप लगाएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 75

प्रतिक्रिया (०)