Aamsanchar

मन फुरुङ्ग बनाउने साधुटार 

Author Image
बिहिवार, कार्तिक १६, २०८०

बिर्तामोड। पूर्वी पहाडी जिल्ला पाँचथरको फिदिम नगरपालिका ८ मा रहेको साधुटार घुमघामका लागि आन्तरिक पर्यटकहरूको एक गन्तव्यका रूपमा स्थापित भएको छ ।

पहाडको टाकुरामा सामान्य पोखरी भएपनि प्राकृतिक वातावरणीय हिसाबले निकै सुन्दर छ साधुटार पोखरी । पोखरीको पृष्ठभूमिमा रहेका कञ्चनजङ्घा र कुम्भकर्ण हिमशृङ्खलाको दृश्यसँगै पोखरी भित्र देखिने हिमाल र निलो सेतो बादलको प्रतिछायाँले त्यहाँ पुग्नेको मन लोभ्याउँछ ।

साधुटार पाँचथरसँगै इलाम, झापा, मोरङदेखि तेह्रथुम र ताप्लेजुङका आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

साधुटारमा पुगेर फोटो खिच्ने, टिकटक बनाउनेसँगै म्युजिक भिडियो र चलचित्र छायाङ्कन गर्नेका लागि आकर्षण बनेको छ । साधुटार पुग्न मेची राजमार्गको इलाम फिदिम सडक खण्डमा पर्ने पौवा भन्ज्याङदेखि तीन किलोमिटर कच्ची बाटो पूर्व उत्तर तर्फ जानुपर्छ ।

साधुटार सम्म साना ठूला सवारी साधनहरू सहजै पुग्गे  माटो निर्माण भएपछि वनभोजका लागि जानेहरूको संख्या पनि बढेको स्थानीय प्रेम लिम्बुको भनाई छ ।

तस्वीरहरु : आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 93

प्रतिक्रिया (०)

सम्बन्धित खबर