Aamsanchar

योगराज ढकाल ‘रिगल’ लाई राष्ट्रपतिले दिलाएको आममाफी सर्वोच्च अदालतद्वारा बदर

Author Image
बिहिवार, कार्तिक १६, २०८०

सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल ‘रिगल’लाई आममाफी दिने निर्णय बदर हुने आदेश दिएको छ।

कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा तथा न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले बुधबारसम्म दुवै तर्फको बहस सुनिसकेपछि आज निर्णय सुनाएको हो।

चेतन मानन्धरको हत्या अभियोगमा जेल सजाय काटिरहेका रिगलले संविधान दिवसको अवसरमा सरकारबाट बाँकी कैद माफी पाएका थिए।

उनलाई तत्काल पक्राउ गर्न सर्वोच्चले परमादेश दिएको छ।

रियालिटीमा ‘रिगल’

कुनै राजनीतिक कारणले जेलनेल भोगेका नेता बाहिरिँदा तिनलाई लिनका लागि जसरी पार्टीका कार्यकर्ता झुम्मिएका हुन्छन्, त्यसखाले दृश्यलाई बिर्साउनेगरी आठ वर्षको कारागारबाट निस्किएका रिगलको स्वागत भयो। राष्ट्रपतिबाट आममाफी पाएर निस्किएका रिगल राजनीतिक आन्दोलन वा परिवर्तनका लागि विद्रोह गरेवापत् जेल परेका भने थिएनन्। थिए त व्यक्ति हत्याका कारण।

२०७२ असार २८ गते नेपालगन्जका २९ वर्षीय चेतन मानन्धरलाई धम्बोझी चोकमा हतियार प्रहार गरेर फरार रहेका रिगल पछि आफैँ अदालतमा सरेन्डर गर्न पुगेका थिए। घटनाको दुई महिनापछि हत्याको जिम्मेवारी लिँदै अदालतमा उपस्थित भएका उनी कांग्रेसको राजनीतिक छत्रछायाँमा हुर्किएका थिए। उनको पहिचान चाहिँ ‘गुन्डागर्दी’सँगै जोडिएको थियो। त्यसका लागि राजनीतिक आवरण चाहिँ ‘तरुण दल बाँके क्षेत्र नम्बर ३ का सभापति’का रुपमा थियो।

राजनीतिक दलको आडमा रहेकाले नै हो दुई महिनासम्म उनी समातिएनन्। उनी त्यतिखेर आफैँ सरेन्डर हुन पुगे जतिखेर नेपाल प्रहरीले देशभरी गुन्डा सफाइ अभियानमा ‘इन्काउन्टर’ थालेको थियो। उनले गुरु मान्ने कुमार घैटेलाई प्रहरीले गोली हानेर मारेको थियो। कुमार घैटे पनि कांग्रेसकै आडमा अपराध कर्ममा सक्रिय थिए।

त्यस्तै, अर्का चर्चित गुन्डा नाइके दिनेश अधिकारी ‘चरी’ पनि प्रहरीको गोलीको सिकार भए। ‘चरी’ अर्को ठूलो दल एमालेका अध्यक्ष केपी शर्मा ओलीका प्रिय थिए। केन्द्रमा बलियो पहुँच बनाएका गुण्डा मारिने क्रम बढेपछि उनी अदालतमा आत्मसमर्पण गर्न पुगेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 56

प्रतिक्रिया (०)

सम्बन्धित खबर