Aamsanchar

नेपाललाई भारतले २५ हजार मेट्रिकटन चिनी दिने

Author Image
शुक्रवार, कार्तिक १७, २०८०

काठमाडौं – नेपाललाई भारतले २५ हजार मेट्रिकटन चिनी दिने भएको छ । उक्त चिनी सरकार–सरकार (जीटूजी) सम्झौता गरी ल्याउने तयारी भएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तिर्थराज चिलुवालले जानकारी दिए ।

“भारतले २५ हजार मेट्रिकटन चिनी दिने भर्खरै खबर आएको छ । २५ हजार मेट्रिकटन चिनी जीटूजी प्रक्रियाबाट ल्याउने कुरा भएको छ । साल्ट ट्रेडिङ र खाद्य व्यापार कम्पनीबाट यो चिनी ल्याइनेछ,” उनले भने, “साल्ट टेड्रिङले प्रक्रिया आजबाट नै थालेको छ । तिहार अगाडि नै चिनी नेपाल आइपुग्छ ।”

उद्योगीबाट तीन हजार मेट्रिकटन चिनी विभागको सहकार्यमा बजारमा आएको महानिर्देशक चिलुवालले बताए । भारतबाट जिटूजीबाट चिनी आएपछि कालोबजारी घट्नुका साथै महँगी र अभाब हट्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 70

प्रतिक्रिया (०)

सम्बन्धित खबर