Aamsanchar

नेपाललाई यूइईद्वारा १ सय ३५ रनको लक्ष्य

Author Image
शुक्रवार, कार्तिक १७, २०८०


काठमाडौं – आईसीसी टी–२० आई विश्वकप एसिया छनोट अन्तर्गत सेमिफाइनलमा नेपाललाई यूइईले १ सय ३५ रनको लक्ष्य दिएको छ।

८ विकेट गुमाएर यूएईले १ सय ३४ रन बनाएको छ।

यूएईविरुद्ध कुशल मल्लले व्यक्तिगत तीन विकेट लिए। खेलमा यसअघि सन्दीप लामिछानेले व्यक्तिगत दोस्रो विकेट लिएका थिए। १ रन बनाएर खेलेका बसिर हमिदलाई गुलशन झाले क्याच गरेका हुन्।

यस्तै यसअघि पाँचौँ सफलता कप्तान रोहितले लिए। ४ रन बनाएर खेलेका अलि नसिरलाई कुशल भुर्तेलले क्याच गरे। यस्तै, कुशल मल्लले चौथो विकेट लिएका हथिए। १६ रन बनाएका अलिसान सरफुलाई सोमपाल कामीले क्याच गरे।

यसअघि सन्दीप लामिछानेले तेस्रो विकेट लिएका थिएश्र १४ बलमा १३ रन बनाएर खेलेका आशिफ खान आउट भए। पहिलो सफलता सोमपाल कामीको बलमा ब्याट्सम्यान खलिद साह तीन रन बनाएर रनआउट भए।

दोस्रो सफलता कामीको बललाई करण केसीले क्याच गरेका हुन्। युएईका कप्तनान ब्याट्सम्यान मोहम्मद वासिमको आउट भए।

नेपाल समूह ‘ए’को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो। नेपालले समूह चरणमा सिंगापुरलाई ८ र मलेसियालाई ६ विकेटले पराजित गरेको थियो।

यद्यपि, अन्तिम खेलमा भने ओमानसँग ५ रनले पराजित भएको थियो। यूएई भने समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो। यूएईले बहराइन र कुवेतलाई समान ५ विकेट र हङकङलाई २२ रनले पराजित गरेको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 81

प्रतिक्रिया (०)

सम्बन्धित खबर