Aamsanchar

कालीगण्डकीमा छोरा बचाउन हामफालेकी २५ वर्षीया रितुको ज्यान गयाे

Author Image
शुक्रवार, कार्तिक १७, २०८०

स्याङ्जा – जिल्लाको गल्याङ नगरपालिका –७ स्थित कालीगण्डकीमा छोरा बचाउन हामफालेकी २५ वर्षीया रितु भट्टराईको मृत्यु भएको छ।

सेतीवेणी शिलाको दर्शन गर्न गएकी उनको चार वर्षीय छोरा रियान्स कालीगण्डकीमा खसेका थिए। शुक्रबार बिहान शिला दर्शनका लागि पर्वतको विहादी गाउँपालिकाबाट उनी त्यहाँ पुगेकी थिइन्।

प्रहरी निरीक्षक पावलसिंह लामाका अनुसार दुवै जनाको उद्धार गरेर कालीगण्डकी अस्पताल पुर्‍याइएको भए पनि उपचारका क्रममा उनको मृत्यु भएको हो। रियान्सको अवस्था पनि गम्भीर छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 107

प्रतिक्रिया (०)