Aamsanchar

खान अयोग्य बड्वाइजर बियर बिक्री वितरण भइरहेको फेला

Author Image
शुक्रवार, कार्तिक १७, २०८०

तस्बिर: अन्नपूर्ण

वीरगन्ज- वीरगन्जको बजारमा म्याद गुज्रिएको (खान अयोग्य ) बड्वाइजर बियर बिक्री वितरण भइरहेको भेटिएको छ । गत मंगलबार वीरगन्जको लिंकरोडमा अवस्थित साजन स्टोर्सबाट एक ग्राहकले खरिद गरेको दुई बोत्तल बड्वाइजर बियर खान अयोग्य अर्थात् सेवन गर्ने समयावधी गुज्रिएको अवस्थामा भेटिएपछि बजारमा डेट एक्सपायर बडवाइजर बियर बिक्री वितरण भइरहेको खुलासा भएको हो ।

वीरगन्जका दुर्गा साहले साजन स्टोर्सबाट खरिद गरी सेवनका लागि ल्याएको दुवै बोत्तलमा उत्पादक कम्पनीले टाँसेको स्टिकरमा उक्त बियरको उत्पादन मिति सन् २०२३ मार्च ५ तारिख ९२०७९ फागुन २१ ० उल्लेख छ । यस्तै सेवन गरिसक्नुपर्ने अधिकतम मिति भने सन् २०२३ सेप्टेम्बर १ तारिख अर्थात् २०८० भदौं १५ गते लेखिएको छ ।

यसअनुसार उक्त बियर डेट एक्सपायर भएको दुई महिना बितिसक्दा पनि बजारमा निर्वाधरुपमा बिक्री वितरण भइरहेको छ । म्याद गुज्रिएका बियर बजारका मदिरा पसलमा निर्वाध बिक्री वितरण गरेर बड्वाइजर बियर उत्पादक कम्पनी र उसका अधिकृत बिक्रेता ९डिलर० ले उपभोक्ताको स्वास्थ्यसँग गम्भिर खेलबाड गरिरहेका छन् ।

बियर किनेका साहले भने,‘थोकमा सस्तो पाइन्छ भनेर साजन स्टोर्सबाट ८ सय तिरेर दुई बोतल बियर लिएर आएँ । तर खाने बेलामा बोतल लेबलमा आँखा पर्‍यो । हेर्दा त एक्सपायर डेट नै दुई महिना पो बितिसकेको रहेछ । `

मंगलबार डेट एक्सपायर बड्वाइजर बियर खरिद गरिएको पसल साजन स्टोर्सका सञ्चालक साजन सोनीले भने भूलवश आफूले ग्राहकलाई डेट एक्सपायर बियर बिक्री गरिएको बताए । उनले बड्वाइजर बियरको वीरगन्जस्थित अधिकृत बिक्रेताबाट पनि लापरवाही भएको बताए ।

बड्वाइज बियरको वीरगन्जमा अधिकृत बिक्रेता ९डिलर० वीरगन्ज ४ विर्तास्थित शीखर ट्रेडर्स हो । सोनीले भने,‘ मैले दुई तीन महिनाअघि शीखर ट्रेडर्सबाट बड्वाइजर बियर थोकमा उठाएको थियो । त्यो बेला उत्पादन र सेवन अवधिको डेट ९मिति० हेर्न भुलेछु ।’

वीरगन्जमा बड्वाइजर बियरको आपूर्ति गर्ने एक मात्र अधिकृत बिक्रेता शीखर ट्रेडर्सका सञ्चालक रन्जित श्रेष्ठलाई यस विषयमा प्रतिक्रिया लिन खोज्दा उनीसँग सम्पर्क नै हुन सकेन । उनको मोबाइल नम्बरमा पटक पटक सम्पर्क गर्दा पनि उनले फोन नै उठाएनन् ।

अमेरिकी कम्पनीको बड्वाइजर बियर नेपलमा जावलाखेल ग्रुप अफ इन्डस्ट्रीले उत्पादन गरी राज ब्रुअरी प्रालि नवलपरासीबाट रिबोटलिङ गरेर नेपाली बजारमा बिक्री गर्दै आएको छ । बड्वाइजर विश्व बजारमा सबैभन्दा बढी बिक्री हुने बियर हो भने अमेरिकामा पनि सबैभन्दा बढी बिक्री हुने बियरमा सबैभन्दा अगाडि छ ।

आजभन्दा १४८ वर्षअघि सन् १८७६ मा अमेरिकामा स्थापना भएको एनहाइजर बुस इनबेभ कम्पनीले यो बियरको उत्पादन गर्दछ । तत्कालीन समयमा यसलाई किङ अफ बियरका नामले चिनिन्थ्यो ।

उपभोक्ता हित संरक्षण ऐनमा तोकिएको म्याद गुज्रिएको सामान बजारमा बिक्री गर्न नपाउने उल्लेख छ। यदि कसैले म्याद गुज्रिएको सामान बिक्री गरेमा उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही हुने व्यवस्था छ ।

उपभोक्तालाई ठगी गर्ने,म्याद गुज्रिएको सामान झुक्याएर बेच्ने गरेमा २ लाख देखि ३ लाख रुपैयाँसम्म जरिवाना गर्ने उक्त ऐनमा उल्लेख छ । अन्नपूर्णपाेस्टडट्कमबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 107

प्रतिक्रिया (०)

सम्बन्धित खबर