Aamsanchar

ट्याक्टर पल्टिदा किचिएर एक जनाकाे घटनास्थलमै मृ*त्यु

Author Image
शुक्रवार, कार्तिक १७, २०८०

जनकपुरधाम – महोत्तरीमा आफैले चलाएको ट्याक्टर पल्टिदा किचिएर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्याक्टर चालक महोत्तरीकै पिपरा गाउँपालिका ६ बस्ने वर्ष ३६ का रामगुलाम यादव रहेका छन् ।उनले चलाइरहेको प्रदेश २–०२–००१ त १९६९ नम्बरकोआज दिउँसो महोत्तरीको लोहरपट्टी नगरपालिका ८ भ्रमपुराको बिगही नदिको किनारमा पल्टिदाँ उनको घटनास्थलमै मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । मृतकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको र घटना विषयमा थप अनुसन्धन गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 80

प्रतिक्रिया (०)