Aamsanchar

हात्तीको बंगारासहित दुईजना झापा प्रहरीको नियन्त्रणमा

Author Image
शुक्रवार, कार्तिक १७, २०८०

झापा – प्रहरीले हात्तीको बंगारासहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका वडा नं। ७ जरुवा टोलका ४७ वर्षीय तिखबहादुर विश्वकर्मा र ५० वर्षीय शावा लिम्बु रहेका छन् । उनीहरूलाई बिहीबार पक्राउ गरिएको हो ।

सुरुमा प्रहरीले विश्वकर्माको घरमा हात्तीको बंगारा लुकाएर राखिएको सूचना पाएको थियो । गोप्य सूचनाको आधारमा प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गरेर एक केजी ७९० ग्राम तौल भएको हात्तीको बंगारा बरामद गरेको थियो ।

सोधपुछका क्रममा विश्वकर्माले शावा लिम्बुको घरबाट ल्याएर राखेको बताएपछि लिम्बुलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई आज जिल्ला वन कार्यालय झापामा बुझाइएको प्रहरीले जनाएको छ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 72

प्रतिक्रिया (०)

सम्बन्धित खबर