Aamsanchar

घरमा हात्तीको बङ्गारा लुकाउने दुईजना व्यक्ति अर्जुनधाराबाट पक्राउ  

Author Image
शुक्रवार, कार्तिक १७, २०८०

झापा । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ७ स्थित एक घरबाट प्रहरीले खान तलास गरेर हात्तीको बङ्गारा फेला पारेको छ ।
हिजो दिउसो २ः ३० बजे गोप्य सूचनाको आधारमा वर्ष ४७ का तिख बहादुर विश्वकर्माको घरबाट उक्त बङ्गारा फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

शनिश्चरे प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले उक्त बस्तु बरामद गरेको थियो । 

विश्वकर्माको घरकोठामा खानतलासी गर्दा किराना पसलमा लुकाई छिपाई राखेको हात्तीको बङ्गारा जस्तो देखिने  ७  इन्च लम्बाइ, १२ इन्च गोलाई र १ किलो ७९० ग्राम तौल भएको बस्तु फेला परेको हो । सोधपुछ गर्दा विश्वकर्माले वर्ष ५० को सावा लिम्बुको घरबाट ल्याई राखेको भनेर  प्रहरीलाई बताए पछि अनुसन्धानको लागि विश्वकर्मा र  लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

दुवै जना उपर थप अनुसन्धान र  आवश्यक कारवाहीको लागि आज  जिल्ला वन कार्यालय झापामा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।  

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 165

प्रतिक्रिया (०)

सम्बन्धित खबर