Aamsanchar

विश्व कप क्रिकेटमा आज दुई वटा खेल हुँदै

Author Image
शनिवार, कार्तिक १८, २०८०

काठमाण्डौ – आईसीसी एकदिवसीय विश्व कप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् ।

आजको पहिलो खेलमा पाकिस्तान र न्युजिल्यान्ड नेपाली समयअनुसार बिहान पौने ११ बजे बेङ्लोरमा र आज हुने दोस्रो खेलमा अस्ट्रेलिया र इङ्ल्यान्ड दिउँसो सवा दुई बजे अहमदाबादमा खेल्नेछन् ।

हिजो भएको खेलमा अफगानिस्तानले नेदरल्यान्ड्सलाई ७ विकेटले हरायो । जितसँगै अफगानिस्तान ७ खेलमा ८ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । अफगानिस्तानको सेमिफाइनल पुग्ने सम्भावना कायमै छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 85

प्रतिक्रिया (०)

सम्बन्धित खबर