Aamsanchar

खसीको भनेर बाख्राको मासु बेच्ने पक्राउ

Author Image
शनिवार, कार्तिक १८, २०८०

जनकपुरधाम – धनुषाको महेन्द्रनगरमा खसीको मासु भनेर बाख्राको मासु बेच्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ४ महेन्द्रनगरका गुल्जार महम्मद रहेका छन् ।
इलाका प्रहरी कार्यालय धनुषाबाट खटेको गस्ति टोलीले महम्मदले महेन्द्रनगरमा सञ्चालन गर्दै आएको साहिल फ्रेस हाउस मासु पसलमा खसीको मासुसंगै बाख्राको मासु बिक्री गरिरहेको अवस्थामा फेला परेपछि उनलाई नियन्त्रणमा लिएको हो ।

सो मासु पसलबाट आठ किलो बाख्राको मासु बरामद भएको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिएका छन् । पक्राउ परेका मासु पसल सञ्चालक महम्मदलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषामा राखि थप अनुसन्धान कार्य भई रहेको धनुषा प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 73

प्रतिक्रिया (०)

सम्बन्धित खबर