Aamsanchar

भारतबाट अवैधरुपमा भित्र्याइएको १३९ बोरा गहुँको बीउ बोकेको पिकअपसहित चालक नियन्त्रणमा

Author Image
शनिवार, कार्तिक १८, २०८०

रौतहट – भारतबाट अवैधरुपमा भित्र्याइएको १३९ बोरा गहुँको बीउ बोकेको पिकअप गाडीसहित चालकलाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ। सीमावर्ती भारतीय बजार बैरगनियाबाट बीउ बोकेको प्रदेश २–०३–००१ च.२१३८ को पिकअप गाडी शुक्रवार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो ।
गाडीका चालक गौर ७ का ४४ वर्षीय वीरेन्द्र राय यादव पनि पक्राउ परेका छन् । चेकजाँचको क्रममा भन्सार छल गरी ल्याइएका १३९ बोरा गहुँको बिउ फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी दामोदर केसीले बताए ।

गाडी र चालक आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 47

प्रतिक्रिया (०)

सम्बन्धित खबर