Aamsanchar

नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोह पक्राउ

Author Image
आइतवार, कार्तिक १९, २०८०

काठमाडौँ – नेपाल प्रहरीले नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा १० जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

आइतवार उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा काठमाडौँका विभिन्न ठाउँबाट ९ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो। पत्रकार सम्मेलनमा बोल्दै अपराध अनुसन्धान कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौरले २९६ अनुसन्धानरत नक्कली प्रहरी रिपोर्ट, नक्कली श्रमस्वीकृति, प्लस टुको नक्कली सर्टिफिकेट, नक्कली नाताप्रमाणित कागजातका आधारमा अनुसन्धानबाट १० जना पक्राउ गरिएको बताए।

उनले अनुसन्धानबाट पक्राउ पर्ने नवलपुर जिल्ला मध्यबिन्दु नगरपालिका स्थायी घर भएका जयराम श्रेष्ठले नक्कली कागजात बनाउने काम गरेको बताए।

उनले नक्कली कागज बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहबाट पक्राउ पर्नेहरूमा नवलपुर जिल्ला मध्यबिन्दु नगरपालिका घर भएका जयराम श्रेष्ठ, गोरखाका भक्तबहादुर थापा, गोर्खा बारपाकका विपीन ढकाल, गोरखाकै अजित फेवाली, उदयपुर बेलकाका आशिष श्रेष्ठ, काभ्रेपलाञ्चोकका जीवनराम तामाङ, काठमाडौंका साइरस विशंखे, काठमाडौंका दीपक केसी र सल्यानका बलबहादुर रावत रहेको बताए।

उनले अनुसन्धानका क्रममा एकजना प्रहरी उदयपुरका ३० वर्षीय आशिष श्रेष्ठलाई पनि पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको बताए। उनले गिरोहले भिजिट भिसामा नक्कली कागजातमा पठाउने विषयमा कतिपय मानिसहरूलाई थाहा समेत नभएको पाइएको बताए।

उनले विदेश जानका लागि पैसा दिएको तर नक्कली भिजिट भिसामा विदेश पठाउनेबारे जानकारी नभएको अनुसन्धानमा खुलेको बताए।

प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र लगायत अन्य २९६ कागजात बरामद गरेको छ। प्रहरीले अनुसन्धानका क्रममा पक्राउ परेका दीपक केसीले भक्तबहादुर थापालाई वाट्सएपमार्फत विभिन्न व्यक्तिबाट संकलन गरेको राहदानीको फोटो खिची विभिन्न नक्कली कागजात बनाउन अर्डर दिने र प्रतिव्यक्ति १० हजार लिने गरेको खुल्न आएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 2

प्रतिक्रिया (०)

सम्बन्धित खबर