Aamsanchar

देउराली सहकारीबाट पीडित निक्षेपकर्तालाई उजुरी दिन सीआईबीकाे आह्वान

Author Image
सोमवार, कार्तिक २०, २०८०


काठमाडौं – देउराली बचत तथा ऋण सहकारी संस्थाबाट पीडित निक्षेपकर्तालाई उजुरी दिन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आह्वान गरेको छ। सीआईबीले सोमबार सूचना जारी गर्दै उक्त सहकारीका सञ्चालक पक्राउ गरी अनुसन्धान भइरहेकाले निक्षेप रकम हिनामिना भइ ठगिएका निक्षेपकर्ताले प्रमाणसहित जाहेरी दिन भनेको हो।

सीआईबीले जारी गरेको सूचनामा भनिएको छ,´देउराली बचत तथा ऋण सहकारी संस्था लि। केन्द्रीय कार्यालय, सातदोबाटो, ललितपुर भई भक्तपुर र काठमाडौं जिल्ला भित्रका सहकारीका सेवा केन्द्रहरुका निक्षेपकर्ता सदस्यहरुले उक्त संस्थामा बचत तथा मुद्दती खाता खोली जम्मा गरेको रकमको साँवा तथा ब्याज रकम बचत तथा मुद्दती खाताको अवधी पुगीसकेपछि रकम फिर्ता नपाएको भनी संस्थाका निक्षेपकर्ता सदस्यहरुले जाहेरी दरखास्त पेश गरेकोमा उल्लेखित कसुर उपर मुद्धा दर्ता गरी यस व्यूरोबाट अनुसन्धान कार्य भईरहेकोले काठमाडौं र भक्तपुर जिल्ला भित्रका सेवा केन्द्रहरुमा निक्षेपकर्ता सदस्यहरुले जम्मा गरेका निक्षेप रकम हिनामिना भई ठगी हुन गएको भए उक्त कार्यमा संलग्न व्यक्तिहरु उपर प्रमाण सहित यस ब्यूरोमा यथाशिघ्र रितपूर्वकको जाहेरी दिनहुन सुचित गरिएको छ । `

यसअघि सीआईबीले सो संस्थाका अध्यक्ष रविन्द्र चौलागाई पक्राउ गरेको थियो। बचतकर्ताको करोडौं रकम हिनामिना गरेको आरोपमा अध्यक्ष चौलागाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीमाथि सहकारीको ४ करोड ४९ लाख ९९ हजार ४४३ रुपैयाँ हिनामिना गरेको आरोप छ। सोही विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ।

ललितपुरको सातदोबाटोमा केन्द्रीय कार्यालय रहेको देउरालीको काठमाडौंको न्यूरोड र भक्तपुरको सूर्यविनायकमा शाखा कार्यालय रहेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 83

प्रतिक्रिया (०)