Aamsanchar

बच्चा चोर्दाचोर्दै झापामा एक भारतीय युवक पक्राउ

Author Image
सोमवार, कार्तिक २०, २०८०

झापा- हल्दिवारी गाउँपालिका ४ मा बच्चा चोरेको आरोपमा एक जना पक्राउ परेका छन् । अन्दाजी २५ वर्षका एक युवालाई सो आरोपमा पक्राउ गरिएको हो ।

स्थानीय रुद्र मैनालीको चिया बगानमा मजदुरी गर्दै आएका लोकमान र लक्ष्मी राईका १० महिनाका छोरालाई कोक्रोबाटै लैजान लागेको देखेपछि उनलाई स्थानीयले पक्राउ गरी प्रहरीमा बुझाएका छन् । स्थानीयले ती युवालाई कुटपिट पनि गरेका छन् ।

भारतको इस्लामपुर घर भएका ती भारतीय युवाको नाम बुद्ध उराव भएको र उनी गोलधाप भुतेनी खोला पारी बस्दै आएको बताइएको छ । उनको मानसिक सन्तुलन ठिक नभएको आशङ्का पनि गरिएको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर