काठमाडौं – बजारमा सुनको मूल्य चार सय रुपैयाँले घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज ४ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोलाको १ लाख १५ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
तेजाबी सुन प्रतितोला १ लाख १४ हजार ४५० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन सोमबार छापावाल सुन प्रतितोला १ लाख १५ हजार ४०० र तेजाबी सुन प्रतितोला १ लाख १४ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ। ९ रुपैयाँले घटेर चाँदी प्रतितोला १४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
सोमबार प्रतितोला चाँदी १४१५ रुपैयाँ पुगेको थियो।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 86