Aamsanchar

६.४ म्याग्निच्युडको भूकम्प पछि जाजरकोटमा ४ सय ६६ वटा परकम्प

Author Image
बुधवार, कार्तिक २२, २०८०

काठमाडौं – जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गत शुक्रबार राति गएको भूकम्पयता उक्त क्षेत्रमा परकम्प जानेक्रम रोकिएको छैन ।

गत शुक्रबार राति ११ बजेर ४७ मिनेटमा रामीडाँडा केन्द्र बनाएर ६.४ म्याग्निच्युडको भूकम्पको गएको थियो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र सुर्खेतका अनुसार रामीडाँडा केन्द्र बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएपछि त्यसको परकम्प जानेक्रम रोकिएको छैन ।

त्यसयता रामीडाँडा र त्यसको आसपासमा परकम्प गइरहेको छ । केन्द्रका अनुसार आज बिहान साढे १० बजेसम्म ४६६ वटा परकम्प गइसकेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 61

प्रतिक्रिया (०)

सम्बन्धित खबर