Aamsanchar

झापाकाे अर्जुनधारा र बिर्तामोडबाट ब्राउनसुगरसहित चार जना पक्राउ

Author Image
बुधवार, कार्तिक २२, २०८०

झापा-  झापामा ब्राउनसुगरसहित चारजना पक्राउ परेका छन् । अर्जुनधारा ११ स्थित नयाँ बसपार्कमा तीनजना र बिर्तामोडको गरामनीमा एकजना पक्राउ परेका हुन्  । गएराति ९:० बजे अर्जुनधारा नगरपालिका वडा नं.११ नयाँ बसपार्कमा कोठा भाडा लिई बस्ने देश भारत राज्य बिहार जिल्ला अररिया बतनाहा भटयाही वडा नं.२२ घर बताउने अन्दाजी १९ वर्षका प्रियन्सुकुमार मण्डल,जोगवनी खजुरवाडी वडा नं.१५ घर बताउने अन्दाजी १९ वर्षका मोहम्मद लाल भन्ने साहिल सेख र सोही ठाउँ घर बताउने अन्दाजी २३ वर्षका मोहम्मद काजीम आलमले प्रतिबन्धित लागूऔषध ब्राउनसुगर प्रयोग गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले चेकजाँच गरेको थियो ।

त्यसक्रममा उनीहरुले बोक्ने कालो झोला भित्र लुकाई छिपाई राखेको १४ ग्राम ३२० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

त्यस्तै हिजो साँझ ७.३० बजेको समयमा बिर्तामोड नगरपालिका वडा नं.८ गरामनीस्थित भद्रपुर–बिर्तामोड सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे ३ प ६४०३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएपछि अस्थाई प्रहरी चौकी गरामनीबाट प्रहरी टोली खटिगई बुझ्दा मोटरसाइकल चालक बिर्तामोड नगरपालिका वडा नं.२ बस्ने २५ वर्षीय प्रतिक राई चोटपटक नलागेको र नशालु पदर्थ सेवन गरेको जस्तो देखिएकोले चेकजाँच गर्दा उनको साथबाट ३ ग्राम ४८० मिलिग्राम ब्राउनसुगर फेला पारेको थियो । बरामद लागूऔषधसहित४ जनालाई नै नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय अनारमनी झापामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 86

प्रतिक्रिया (०)

सम्बन्धित खबर