Aamsanchar

२० रुपैयाँ नतिरेको निहुँमा एक वृद्धाको हत्या गर्ने पक्राउ

Author Image
बिहिवार, कार्तिक २३, २०८०

अर्घाखाँची – अर्घाखाँचीमा २० रुपैयाँ नतिरेको निहुँमा एक वृद्धाको हत्या भएको छ । मालारानी गाउँपालिकाको वडा नम्बर ९, गोखुङ्गाकी ७२ वर्षीया हरिकला भुसालको हत्या भएको हो ।

मालारानी स्थायी ठेगाना भइ भूमिकास्थान-१, रजिमे बस्दै आएका २० वर्षीय गोपाल नेपालीले उहाँको हत्या गरेका जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी प्रतित सिंह राठोरले बताउनुभयो ।

गएको १४ गते २० रुपैयाँ नतिरेको भन्दै नेपाली झगडा गर्न भुसालको घरमा पुगेका थिए । झगडाले उग्र रुप लिदै जाँदा भुसाललाई उनले खुकुरीको पछाडिको भागले प्रहार गरी हत्या गरेका अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । गोपाल नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 83

प्रतिक्रिया (०)

सम्बन्धित खबर