![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/Aamsanchar-1-3-3-4.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
झापा – झापाको बुद्धशान्तिमा सालोले खुकुरी प्रहार गरी भिनाजुको हत्या गरेका छन्। वुद्धशान्ति गाउँपालिका–५ निवासी अन्दाजी ३५ वर्षीय रोशन अधिकारीले सोही ठाउँ बस्ने आफ्नै भिनाजु अन्दाजी ४५ वर्षीय धनबहादुर कट्वालको हत्या गरेका जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।
रोशन र धनबहादुरबीच घरायसी विवाद भएको थियो। विवादको क्रममा रोशनले धनबहादुरमाथि खुकुरी तथा बाँसले प्रहार गरेका थिए। टाउकोसहित शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
उनको उपचारका क्रममा बिहीबार बिहान १:५५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। यता घटना घटेलगतै इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले रोशनलाई खुकुरीसहित पक्राउ गरेको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 93