Aamsanchar

राति १० बजेसम्म मात्रै देउसी, भैलो खेल्न पाइने

Author Image
बिहिवार, कार्तिक २३, २०८०

ताप्लेजुङ – ताप्लेजुङमा राति १० बजेसम्म मात्रै देउसी, भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले  सूचना जारी गर्दै आफूले खुसियाली मनाउँदा अन्य व्यक्ति, टोल, छिमेक, समुदाय र सार्वजनिक जीवनमा असर नपर्ने गरी मनाउन पनि अपिल गरेको छ ।निमित्त प्रमुख जिल्ला अधिकारी टंकप्रसाद भट्टराईद्वारा जारी सूचनामा शान्ति सुरक्षा कायम गर्दै संस्कृति जगेर्ना गर्न पनि अनुरोध गरिएको छ ।

पटका आतिसबाजीजस्ता विस्फोटक तथा अति प्रज्वलनशील पदार्थको आयात, बिक्री वितरण, ओसारपसार गरे कडा कारबाही गरिने सूचनामा उल्लेख छ ।

जुवा-तासजस्ता कानुनद्वारा निषेधित कार्य नगर्नरनगराउन अपिल गर्दै प्रहरीले सुरक्षा व्यवस्था कडाइ पारेको पनि जनाइएको छ ।

प्रहरी नायव उपरीक्षक राजन लिम्बुले विशेष सुरक्षा योजना लागू गरिएको बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 98

प्रतिक्रिया (०)

सम्बन्धित खबर