Aamsanchar

मुगुमा एकै परिवारका चार जनाकाे सामुहिक हत्यामा संलग्न भएको आराेपमा एक जना पक्राउ

Author Image
बिहिवार, कार्तिक २३, २०८०

काठमाडौँ – मुगुको छाँयानाथ रारा नगरपालिकामा भएको सामूहिक हत्यामा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । उच्च प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा गोरखराज शाही ठकुरी छन् ।

पक्राउ गरिएको आरोपितको नाम प्रहरीले औपचारीकको रुपमा सार्वजनिक गरेको छैन । उनी मृतक परिवारका आफन्त हुन् । प्रहरी स्रोतका अनुसार ठकुरी छाँयानाथ रारा नगरपालिका वडा नम्बर–७ पिनागाउँका स्थानी हुन् ।कार्तिक १० मा छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीय श्रीदेवी बोहरा र ३ जना छोराछोरी मृत भेटिएका थिए । सो घटना अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरोबाट डीएसपी धर्मराज भण्डारी नेतृत्वको टिमलाई मुगु पठाइएको छ ।

छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीय श्रीदेवी बोहरा, उनका छोरा ११ वर्षीय मनोज, ८ महिनाका अर्का छोरा रहर र ८ वर्षीय छोरी अप्सरा बोहरालाई धारिलो हतियार प्रहार गरेर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । घटनाबारे शुक्रबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।

सामूहिक हत्यापछि आरोपितले ढोकामा ताला लगाएर हिँडेका हुन् । श्रीदेवी बोहराको मोबाइल घटनास्थलमा भेटिएको छैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 39

प्रतिक्रिया (०)

सम्बन्धित खबर