Aamsanchar

रसुवास्थित हिमाली क्षेत्रमा एक पर्यटकको लडेर मृ*त्यु

Author Image
शुक्रवार, कार्तिक २४, २०८०

काठमाडौं – रसुवास्थित हिमाली क्षेत्रमा एक पर्यटकको लडेर मृत्यु भएको छ। बिहीबार फ्रान्सका नागरिक ६८ वर्षीय प्याट्रिक जेन मारिइ मोलको लडेर ज्यान गएको हो।

प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीका अनुसार बिहीबार रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ स्थित क्याङ्जेन जाने प्रमुख पदमार्गअन्तर्गत लाङ्टाङ गाउँ आसपासको लुम्थाङमा लडेर मोल घाइते भएका थिए।

उनको लाङ्टाङ क्षेत्रको सुरक्षामा खटिएका नेपाल प्रहरी र नेपाली सेना विष्णुदल गणका सुरक्षाकर्मीले उद्धार गरेका थिए।

मोललाई फिस्टेल हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं लगिएको थियो। हावाइमार्गबाट उपचारका लागि लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मोल पदयात्राका क्रममा काठमाडौंको त्रिनेत्र ट्रेकिङ एजेन्सीमार्फत लाङ्टाङको क्याङ्जेन जाँदै थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 77

प्रतिक्रिया (०)

सम्बन्धित खबर