Aamsanchar

चारपाने चोकमा कारको ठक्करबाट पैदलयात्रीको घटनास्थलमै मृ*त्यु

Author Image
शुक्रवार, कार्तिक २४, २०८०


बिर्तामोड- झापाको बिर्तामोड– २ स्थित चारपाने चोकमा आज बिहान कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।मृत्यु हुनेमा बिर्तामोड २ का ५५ वर्षीय गंगाप्रसाद राजवंशी रहेका छन् ।

बिहान ५:४५ बजेको पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १ –०१–००१ ज ३७६० नम्बरको इलेक्ट्रिक कारले पैदलयात्री राजवंशीलाई ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । ठक्कर दिने गाडी र चालकलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 124

प्रतिक्रिया (०)