Aamsanchar

बेलायतका राजाद्वारा नेपालमा भूकम्पबाट भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त

Author Image
शुक्रवार, कार्तिक २४, २०८०

काठमाडौं – बेलायतका राजा चार्ल्सले नेपालमा भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुस्ख व्यक्त गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार सन्देश पठाउँदै उनले भूकम्पबाट भएको जनधनको क्षतिको खबर सुनेर आफू तथा आफ्नो परिवार स्तब्ध र दुःखी भएको उल्लेख गरेका छन्।

दुःखद घडीमा आफ्नो प्रार्थना नेपाली जनतासँग रहेको उल्लेख गर्दै राजा चार्ल्सले सबै शोकसन्तप्त परिवार र प्रभावित समुदायमा समवेदना व्यक्त गरेका छन्।

उनले यस कठिन अवस्थामा बेलायत सरकार नेपालको आवश्यकतानुसार सहयोग गर्न तत्पर रहेको उल्लेख गरेको नेपालस्थित बेलायती दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 74

प्रतिक्रिया (०)

सम्बन्धित खबर