Aamsanchar

घरमा आगलागी हुँदा १५ महिने बालकको जलेर मृत्यु

Author Image
शुक्रवार, कार्तिक २४, २०८०

ओखलढुंगा – जिल्लाको मोलुङ गाउँपालिका–६ स्थित श्रीचौरमा भएको घर आगलागीमा १५ महिने बालकको जलेर मृत्यु भएको छ। बुधबार दिउँसो आगलागी हुँदा घरभित्र रहेका ती बालक घरसँगै जलेको स्थानीयले बताए।
मंसिरेमा कर्मा शेर्पाका तीन वर्षीय छोरा मिङ्मार शेर्पाले खेलाएको लाइटरबाट घरमा आगलागी भएको थियो। घरमा अभिभावक कोही थिएनन्। दुई छोरा घरमा छोडेर शेर्पा दम्पती खेतीमा गएका थिए।

घर जलेपछि आगो नियन्त्रणका क्रममा प्रहरीले जलेको शवको पहिचान हुन नसक्ने अवस्थामा फेला पारेर परीक्षणका लागि पठाएको छ। उक्त शव बालककै भएको र घरमा अन्य सजीव वस्तु नजलेको स्थानीयको भनाइ छ।

प्रहरीले पनि बालक जलेको निष्कर्ष निकालेको छ। घरबाटै बालक बेपत्ता थिए।

यद्यपि प्रहरीले ल्याब परीक्षण रिपोर्र्टका आधारमा मात्रै यकिन बताउन सकिने जनाएको छ। बच्चा हराएको, घटनस्थलमा मासुको जलेको डल्लो फेला परेकाले अनुमान गर्न सकिने अवस्था रहे पनि परीक्षणबाट मात्रै यकिन गर्न सकिने जिल्ला प्रहरी कार्यालयका डीएसपी दिपकबहादुर केसीले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 80

प्रतिक्रिया (०)

सम्बन्धित खबर