Aamsanchar

मोरङमा १० बजे रातिसम्म मात्रै देउसि–भैलो खेल्न पाइने

Author Image
शुक्रवार, कार्तिक २४, २०८०

विराटनगर – नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारका अवसरमा खेलिने देउसि–भैलो लगायतका कार्यक्रम मोरङमा १० बजे रातिसम्म मात्रै खेल्न पाइने भएको छ।

शान्ति सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले एक सूचना जारी गर्दै देउसी–भैलो कार्यक्रम १० बजेसम्म मात्र खेल्न अनुरोध गरेको हो।

‘हिन्दुहरुको महान चाड दिपावलीको अवसरमा मनाइने देउसी, भैलो कार्यक्रम शान्ति, सुरक्षालाई मध्यनजर राखि रातको १० बजेसम्म मात्रै मनाउनुहुन सम्पूर्ण जिल्लावासीहरुमा अनुरोध छ।’ जिल्ला प्रशासन कार्यालय मोरङबाट जारी सूचनामा उल्लेख गरिएको छ।

यस्तै दीपावलीको समयमा पटकाको खरिद बिक्रीमा रोक लगाइएको र सिमानाकामा सुरक्षा कडाइ तथा निगरानीसमेत बढाइएको जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए।

उनका अनुसार पटेका जन्य वस्तु ल्याउनेहरुलाई सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिइरहेको छ।

‘पटका पड्काउने काम नहोस् यो निरूत्साहित हुनपर्छ ,शुभ दिवाली दीप र दियो जलाएर देउसी–भैलो खेलेर मनाउने हो, विष्फोटक पदार्थले बालबालिका घाइते हुने जस्ता जिउ–ज्यान पनि जोखिममा हुन्छ,आगलागीको पनि घटना हुने भएकाले सचेत हुन अनुरोध गर्दछु’ प्रजिअ यादवले भने।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 99

प्रतिक्रिया (०)

सम्बन्धित खबर