Aamsanchar

ताप्लेजुङमा रुखले चेपिएर ३१ वर्षीय युवकको मृ*त्यु

Author Image
शनिवार, कार्तिक २५, २०८०

ताप्लेजुङ- ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा गोलिया काट्ने क्रममा रुखले चेपिएर एक युवकको मृत्यु भएको । प्रहरीका अनुसार पाथीभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेका ३१ वर्षीय सुमन लिम्बूको मृत्यु भएको हो ।

सिरिजङ्घा गाउँपालिका–३ सिकैँचामा गोलियाका लागि उत्तिस जातको रुख काट्ने क्रममा अचानक रुखले लागेको र सोही कारण लिम्बूको मृत्यु भएका सिकैँचाका वडासदस्य अम्बिका साउदेन लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार दिउँसो गोलिया काट्ने क्रममा रुखले लागेर युवकको टाउकोमा गम्भीर चोट लागेको थियो ।

घटनाबारे प्रहरीलाई खबर भएपछि शुक्रबार नै काँडे भञ्ज्याङ अस्थायी प्रहरीचौकीबाट प्रहरी घटनास्थल पुगेको थियो । यता शवको कानुनी प्रक्रिया पूरा गर्नका लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको टोली शनिबार बिहान घटनास्थलतर्फ गएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 40

प्रतिक्रिया (०)

सम्बन्धित खबर