Aamsanchar

रियो उत्कृष्ट कुकुर घाेषित,जस्ले रौतहट हत्याकाण्ड पत्ता लगाएको थियोे

Author Image
आइतवार, कार्तिक २६, २०८०

काठमाडौं –गएको असार २९ गते रौतहटको देवाही गोनाही नगरपालिका–६ का ३५ वर्षीय जगरनाथ साहको हत्या घटनामा सफल ‘ट्रयाक’ लिने प्रहरीको रियो नाम गरेको कुकुरलाई वर्षको उत्कृष्ट घोषणा गरिएको छ । कुकुर तिहारका दिन आइतबार प्रहरीले रियोलाई उत्कृष्ट कुकुर घोषणा गरेको हो ।

आफ्नै घरमा सुतेका बेला धारिलो हतियार प्रयोग गरी साहको हत्या गरिएको थियो । घटनाको सूचना पाएलगत्तै प्रहरीको वीरगन्जस्थित केनाइन शाखाबाट अपराध अनुसन्धानमा खटिँदै आएको रियो नामको ‘ट्रयाकर डग’लाई घटनास्थलमा प्रयोग गरिएको थियो ।

साहको शव नजिकै महिलाले प्रयोग गर्ने कपालमा लगाउने क्लिप फेला पर्‍यो । त्यही क्लिपलाई सुँघाएर छोड्दा रियोले साहकै श्रीमती चन्दा साहलाई संकेत गरेको थियो । प्रहरीले चन्दामाथि नै केरकार गर्‍यो । तर, उनले सुरुआतमा राति चार युवकको समूहले श्रीमान्‌को हत्या गरेको प्रहरीसमक्ष बयान दिइन् । पछि उनलाई नियन्त्रणमै लिएर अनुसन्धान गर्दा हत्या आफैँले गरेको स्वीकार गरेकी थिइन् ।

राति सुतेका बेला धारिलो हतियार प्रयोग गरेर चन्दाले श्रीमान् जगरनाथको हत्या गरेकी थिइन् । हाल चन्दा जिल्ला अदालत रौतहटको आदेशले पुर्पक्षका निम्ति थुनामा छिन् । यस्तै, पर्साको जगरनाथपुरकी कान्तिदेवी मुखियाको हत्या घटनामा समेत प्रहरीले रियो नै प्रयोग गरेको थियो । उक्त घटनामा रियोले शंकास्पद दुईजनालाई संकेत गरेको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 63

प्रतिक्रिया (०)

सम्बन्धित खबर