Aamsanchar

जाजरकोटमा भूकम्प पीडितले त्रिपालभित्र बच्चा जन्माइन्

Author Image
आइतवार, कार्तिक २६, २०८०

जाजरकोट – जाजरकोटमा भूकम्प पीडितले त्रिपालभित्र बच्चा जन्माएकी छन्। भूकम्पले घर भत्किएपछि त्रिपालमै रहेकी गर्भवती महिलाले स्वास्थ्यकर्मीको सहयोगमा बच्चा जन्माएकी हुन्।जिल्लाको कुशे गाँउपालिका ७ धनराशीकी निरुता टमटाले बच्चा जन्माएकी स्थानीय नवराज पुनले बताए। घाइतेको उपचारका लागि त्यहाँ पुगेका हाम्रो टिम नेपालका स्वास्थ्यकर्मीको सहयोगमा टमटाले बच्चा जन्माएकी उनले बताए।

अहिले बच्चा र आमाको अवस्था सामान्य रहेको छ। पोषिलो खानेकुरा र न्यानो कपडाको अभावमा त्रिपालमा बसिरहेका भूकम्प पीडित गर्भवती, सुत्केरी र बालबालिका प्रभावित भएका छन्।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 86

प्रतिक्रिया (०)

सम्बन्धित खबर