Aamsanchar

टिकटकमा लाइभ बसेर पटकाको मार्केटिङ गर्दा….

Author Image
आइतवार, कार्तिक २६, २०८०

पोखरा – पोखरामा टिकटकमा बसेर पटकाको मार्केटिङ गरेको थाहा पाएपछि कास्की प्रहरीले ठुलो परिमाणमा पटका तथा आतिसबाजी बरामद गरेको छ । पोखराका विभिन्न ठाउँबाट पटका, आतिसबाजी र खुर्सानी बमहरू बरामद भएको हो । आतिसबाजी ७२ प्याकेट, रकेट बम २० प्याकेट, खुर्सानी बम ४७ प्याकेट, चकलेट बम २४ वटा बरामद भएको छ । यस्तै, आलु बम २५ वटा, बुलेट बम ३ वटा, सोली बम ५ वटा, झिरझिरे ८० वटा, एटम बम १४ वटा, डवल बम १० वटा समातिएको छ ।
गमला बम १७ वटा, चक्र बम २५ वटा, खुर्सानी बमको ९८ सेट, सानो पटका ६ वटा, ठुलो पटका १२ वटा, चक्री ५० वटा, अनार १० वटा, लसुन १५ वटा नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ । उता ठाउँ ठाउँमा खेलाइएको लङ्गुर बुर्जा उर्फ खोरखोरे पनि बरामद भएको छ । खोरखोरेका ३०५ वटा गोटी, बाल्टी, जग, म्याट लगायत सामग्री बरामद भएको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले बताए ।

२ लाख भन्दा बढी मूल्यका १८ थरीका पटका बरामद गरेर नष्ट गरिएको उनको भनाई छ । ‘टिकटकमा मार्केटिङ गरिरहेको सूचना आएपछि प्रहरीले बरामद गरेको हो,’ उनले भने । तर पटकासँगै कति पक्राउ परे भन्ने खुलाइएको छैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 84

प्रतिक्रिया (०)

सम्बन्धित खबर