Aamsanchar

लक्ष्मीपूजा गरेको दियोबाट आगो सल्किदा एक घर जलेर नष्ट

Author Image
सोमवार, कार्तिक २७, २०८०

संखुवासभा – सदरमुकाम खाँदबारी नगरपालिका–१ हिमावी टोलमा आगलागी हुदाँ एक घर जलेर नष्ट भएको छ।

गएराति लक्ष्मीपूजा गरेको दियोबाट आगो सल्केर खाँदबारी–१ की लिला राईको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक रामकुमार लामिछानेले जानकारी दिए।

प्रहरी निरिक्षक लामिछानेका अनुसार आगलागीबाट राईको घर पूर्ण रुपमा नष्ट भए पनि मानवीय क्षति भएको छैन। आगलागीबाट राईको घरमा राखेका लत्ताकपडा र खाद्यान्न जलेको प्रहरी निरिक्षक लामिछानेले बताए। ​

गएराति साढे ११ बजे लागेको आगा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले एक घण्टापछि नियन्त्रण लिएको प्रहरी निरिक्षक लामिछानेले बताए। आगलागीबाट नगद ३१ हजार रुपैयाँ पनि जलेको छ भने उनको घर परिसरमा पार्किङ गरी राखिएको एक अटो टेम्पोमा पनि आगोले क्षति पुर्‍याएको प्रहरीले जनाएको छ। आगलागीबाट कति क्षति भयो भन्ने विवरण आइनसकेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 93

प्रतिक्रिया (०)

सम्बन्धित खबर