![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/InShot_20231113_173502351.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
हेटौँडा – एकान्तमा लगेर लुटपाट गर्ने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मकवानपुरको थाहा नगरपालिकाबाट सस्तोमा मोटरसाइकल मिलाइदिने आश्वासनसहित एकान्तमा लगेर लुटपाट गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुर थाहा नगरपालिका वडा नगरपालिका–३ भञ्जाङ डाँडास्थित खाप्चे खोलास्थित जंगलमा लगेर लुटपाट गर्ने २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । उनका अनुसार गत कात्तिक २४ गते दिउँसो २ः३० बजेको समयमा सस्तोमा २०० सिसिको मोटरसाइकल मिलाइदिन्छु भनी उक्त स्थानमा लगेर लुटपाट गर्ने २ जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका–२ वैकुण्ठ बोटटोल बस्ने वर्ष २५ को विशाल मुक्तान र कैलाश–२ वैकुण्ठ खारे टोल बस्ने वर्ष ३१ को रुद्र मुक्तान (टोकल माइला)लाई पक्राउ गरिएको हो । प्रहरीले विशाललाई २६ र रुद्रलाई २७ गते पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको अनुसन्धान टोलीले खोजतलासको क्रममा कैलाश–२ मा लुकीछिपी बसी रहेको अवस्थामा पक्राउ गरिएको हो । उनीहरूको साथबाट लुटपाट गरिएको १४ हजार ५० रुपैयाँ बरामद भएको प्रवक्ता भण्डारीले बताए ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
विगत १ वर्ष अगाडि काठमाडौँमा घर बनाउने काम गर्ने सिलसिलामा चिनजान भएको विशालले सस्तोमा २०० सिसिको मोटरसाइकल मिलाइदिन्छु भनी ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–५ का हाल झापा भद्रपुर नगरपालिका–३ बस्ने नरेन्द्र लिम्बुलाई बोलाएर लुटपाट गरेका थिए ।
विशाल र रुद्रले लुटपाट गरिएको स्थानमा हतियार देखाएर देखाएर लिम्बुको साथमा रहेको नगद ३० हजार रुपैयाँ लुटेका थिए । साथै लिम्बुको साथमा रहेको भीभो कम्पनीको मोबाइल लुटपाट गरी विशाल र रुद्र फरार भएका थिए । पक्राउ परेका उपर चोरी तथा डाँका सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।