Aamsanchar

११ किलो सुन तस्करीकाे भुक्तानी क्रिप्टोमार्फत भएको खुलासा, थप एक जना पक्राउ

Author Image
मङ्गलवार, कार्तिक २८, २०८०

दोलखा-दोलखाको बिगु गाउँपालिका–१ जामुनेबाट बरामद भएको ११ किलो अवैध सुन अन्तर्राष्ट्रिय भुक्तानी क्रिप्टोमार्फत कारोबार भएको खुलेको छ ।

पटक पटक गरी बरामद भएको सो सुनको चीनमा करोडौँ भुक्तानी क्रिप्टोमार्फत भएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी धर्मेशकुमार यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार पछिल्लो अवधिमा सुन तस्करीहरूको रकम डलरमा साटेको आरोपमा रामेछापको मन्थली नगरपालिका–५ की महिमा माझिलाई पक्राउ गरिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले निजलाई काठमाडौँबाट पक्राउ गरेको हो । सुन तस्करीहरूको रकम डलरमा साटेको आरोपमा निजलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेकी महिलालाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ । योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १५ पुगेको छ ।

लामा बगरको जामुनेबाट गत असोज महिनामा ११ किलो अवैध सुन बरामद गरेको प्रहरीले यो विषयमा अनुसन्धान गरिरहेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबी र दोलखा प्रहरीले गरिरहेको अनुसन्धानबाट सुन ओसारपसारमा संलग्न केही व्यक्ति अझै फरार रहेको पाइएको छ । उनीहरूको खोजी भइरहेको छ । पक्राउ परेकाहरू विरुद्ध सुन चोरी–पैठारी तथा सङ्गठित अपराधको कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 81

प्रतिक्रिया (०)