Aamsanchar

कनकाईमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृ*त्यु

Author Image
मङ्गलवार, कार्तिक २८, २०८०

झापा – कनकाई नगरपालिका–९ घैलाडुब्बा सडकमा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ।

सोमबार राति ११ बजेतिर उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश २–०३–०१५प ४०७८ नं को मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा मोटरसाइकल चालक कन्काई घैलाडुब्बाका करिब ४० वर्षीय सञ्जय शाह गम्भीर घाइते भएका थिए ।

उपचारका लागि अस्पताल पुर्‍याउनासाथ उनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 95

प्रतिक्रिया (०)

सम्बन्धित खबर