Aamsanchar

धनुषामा रेलले किचेर एक जनाकाे ज्यान गयाे

Author Image
मङ्गलवार, कार्तिक २८, २०८०

धनुषा – धनुषामा रेलले किचेर एक भारतीयको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत बिहारको मधुवनी जिल्लास्थित जयनगर बेलहीका अन्दाजी ६० वर्षीय विन्देश्वर दास रहेका धनुषाका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिए ।

मंगलबार बिहान जनकपुर-जयनगर रेलमार्ग अन्तर्गत धनुषाको विदेह नगरपालिकास्थित बैदेही स्टेशन नजिक बाटो काट्ने क्रममा उनी लिकमा रेलले किचिएका प्रहरी नायव उपरीक्षक अवाले बताए ।

रेल जनकपुरबाट जयनगरतर्फ जाँदै गरेको बेला दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरी घटनास्थल पुगेर मुचुल्का गरिरहेको प्रहरी नायव उपरीक्षक अवाले जनाए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर